|

काठमाडौं : सरकारले आफ्ना मागबारे बेवास्ता गरेको भन्दै निजी विद्यालयका सञ्चालक निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)ले बिहीबारबाट अनलाइन कक्षा बन्द गरेको छ। जसले गर्दा विद्यार्थीहरू संकटमा पढाइबाट विद्यार्थी वञ्‍चित भएका छन्।

संस्थागत विद्यालय शिक्षक युनियन र निजी तथा संस्थागत विद्यालय शिक्षक–कर्मचारी युनियनले भने तीन दिनभित्र रोकिएको अनलाइन कक्षा सञ्चालन गर्न साउन १ गते  निजी विद्यालयका सञ्चालकलाई अल्टिमेटम दिइसकेको छ।

अनलाइन कक्षा तत्काल सञ्चालन नगरे कडा आन्दोलनमा उत्रिने युनियनको चेतावनी छ। तर, विद्यालय सञ्चालक अनलाइन कक्षा सञ्चालन गर्ने पक्षमा छैनन्। 

तत्काल अनलाइन कक्षा सञ्चालन हुँदैन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीले तत्काल अनलाइन कक्षा सञ्चालन नगर्ने बताउँछन्। ‘सरकारले हाम्रो मागलाई बेवास्ता गरेको छ,’ उनले थाहा खबरसँग भने,‘हामी तत्काल अनलाइन कक्षा सञ्चालन गर्ने अवस्थामा छैनौँ। यस विषयमा हामी शिक्षक–कर्मचारी युनियनसँग पनि छलफल गर्दै छौँ।’

अनलाइन कक्षा बन्द भएको छैन

यता, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कुनै अनलाइन कक्षा बन्द नभएको दाबी गरे। ‘अनलाइन कक्षा बन्द भएको छैन,’उनले भने,‘यो अनलाइन पनि होइन वैकल्पिक सिकाइ भनेर बुझ्नुपर्छ। सिकाइमा सहजीकरण गरिएको हो। सरकारले तोकेको पाँचै किसिमका क्रियाकलापहरू सुचारु नै छन्।’ 

विद्यालय सञ्चालकले अनलाइन कक्षा बन्द गरेको विषयमा उनले कुनै निजी विद्यालयले आफ्नो विद्यार्थीको आवश्यकताअनुसार स्थानीय सरकारसँग स्वीकृति लिएर चलाउन सक्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.