|

काठमाडौं :     मनसुन सक्रिय भएपछि अहिले काठमाडौं उपत्यकासहित देशैभर वर्षा भइरहेको छ ।

 लगातारको वर्षाले तराईका भुभागमा डुबान तथा पहाडी क्षेत्रमा बाढि र पहिरो उच्च जोखिम हुने भएकाले सतर्कता अपनाउन भनिएको छ ।  आज दिनभर मौसम बदली रहि देशभर पानी पर्नेछ ।

महाशाखाका अनुसार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानका साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ । राती पनि मौसम बदली यथावत् रहने र सबै प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.