|

काठमाडौं : लकडाउन नभएको भए सर्लाहीका सन्तोष ठाकुरले लोक सेवाको सबै परीक्षा दिइसक्थे। चैत महिनामै लोकसेवा परीक्षा दिने तालिका थियो। तर, लकडाउनले परीक्षा रोकिएपछि उनले अहिलेसम्म परीक्षा दिन पाएनन्।

अहिले उनी चिन्तित छन। भन्छन्,‘समयमा परीक्षा दिन पाइएन। अझै कति समय कुर्नुपर्ने हो। अहिले चिन्तित भएर बस्नु परेको छ।’ शाखा अधिकृतकाे पहिलाे चरणकाे परीक्षा पास गरेर बसेका उनी बाँकी अन्य पत्रकाे तयारी गरेर बसिरहेका थिए। यस वर्ष आयाेगले परीक्षा नै नलिलेन हाे कि भन्नेमा उनी शंका गर्छन्।

‘यो परीक्षा नभएकाले अन्त हात हाल्न पनि सकिएन,’ उनले सुनाए, ‘तर,खै के गर्नु? समयले नै साथ दिएन।’ उनले परीक्षाका लागि राम्रै तयारी गरेका थिए। 

समयअनुकूल भएमा परीक्षा गराउनुपर्ने उनले बताए। परीक्षा कहिले हुने भन्ने अन्योल रहेकोले अहिले त्यति धेरै तयारी गर्न नसकेको पनि उनी बताउँछन्। ‘परीक्षाका लागि पहिले राम्रै तयारी गरेका उनी आजभाेलि भने उतिसाराे पढ्न मन नलागेकाे बताउँछन्। ‘लकडाउनले यातायात नचल्दा लालबन्दीमै बस्न बाध्य भएको छु। परीक्षा दिन काठमाडौं नै आउनुपर्छ। यो अवस्थामा कसरी आउनुपर्ने हो?।’ उनले थपे।

सन्तोष जस्तै लोकसेवालगायत अन्य आयाेग तथा संस्थानकाे परीक्षा मिति कुरेर तयारी गरिरहेका परीक्षार्थी अहिले अन्योल र चिन्तित छन।  

‘देशभर यातायात सञ्चालन भएपछि परीक्षा हुन्छ’

लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद अधिकारीले तत्काल परीक्षा सञ्चालन गर्ने अवस्था नरहेको भन्दै लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएपछि मात्रै लोकसेवा आयोगका सबै रोकिएका परीक्षा सञ्चालन गर्ने बताए।

‘धेरैजसो परीक्षा दिने विद्यार्थी गाउँमा छन,’उनले थाहाखबरसँग भने, ‘लकडाउनले उपत्यकामा आउन सकेका छैनन्। यस्तो बेला परीक्षा गराउन सकिँदैन। देशभर यातायात सञ्चालन भएपछि परीक्षा हुन्छ।’

उनका अनुसार प्राविधिक,अप्राविधिक लगायतको सहसचिव विज्ञापन बाहेकका सबै परीक्षा लकडाउनले स्थगित भएका छन। उनले परीक्षाका लागि तयारी गर्न समय मिलेको भन्दै तयारी अवस्थामा रहन आग्रह गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.