|

धनकुटा : मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार झमक घिमिरेले जीवनप्रसाद राईले लेखेको पुस्तक ‘समृद्धिका आधार’ लोकार्पण गरेकी छन्।

पुस्तकको लोकार्पण गर्दै वरिष्ठ साहित्यकार घिमिरेले पुस्तक नेपालको कृषि र पर्यटनको अध्ययन गर्ने एक माध्यम बनेको बताइन्। कृषिलाई जीवन शैलीमा रुपान्तरण गर्न पुस्तकले प्रेरणा दिएको घिमिरेको भनाइ छ। कृषिले समृद्धिसँगै पर्यटन विकासमा मद्दत पुग्ने भएकाले अबको गन्तव्य नै कृषि हुने आफ्नो ठम्याइ रहेको घिमिरेको लिखित प्रतिक्रिया थियो।

धनकुटास्थित झमकको जन्मघरमा मंगलबार उक्त पुस्तक लोकार्पण गरेकी हुन्। भौगोलिक वातावरणअनुसारको बालीनाली र खेती प्रणालीमा सुधार गर्ने उद्देश्यले २०६६ देखि नेपाल भ्रमणमा निस्केका राईले ७७ जिल्लाको स्थलगत भ्रमण र अध्ययन गरी उक्त पुस्तक लेखेका लेखक राईले बताएका छन्। पुस्तकमा मुलुकका २६६ नगर र ३७९ गाउँपालिकाको प्रत्यक क्षेत्रमा कुन बाली, कुन फलफूल र कुन तरकारी खेती उपयुक्त छ भन्ने उल्लेख छ। 

सांग्रिला बुक्सले यसै साता प्रकाशन गरेको ५५२ पृष्ठको उक्त पुस्तकको सुरुवातमा नै दुई हजार प्रति बिक्री भएको जनाइएको छ। पुस्तक लेख्नअघि विभिन्न जिल्लाका २७ हजार किसानसँग आफूले प्रत्यक्ष भेटघाट र ४० हजार मानिससँग फोन सम्पर्क गरेको लेखक राईले बताए।

सात बर्ष नौ महिना १९ दिनमा संकलित तथ्यांकलाई ६ महिनामा पाण्डुलिपि तयार गरि एक वर्ष सम्पादन गरी पुस्तक प्रकाशन गरिएको लेखक राईले बताए। उनले मुलुकका युवाहरुका लागि कृषि नेपालको मुल अधार बन्नसक्ने मात्र हैन कृषिबाट नै समृद्ध नेपाल बन्न सक्ने संभावना रहेको कुरा पुस्तकमा उल्लेख गरेका बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.