|

काठमाडौं : केही दिनदेखि लगातार आएको वर्षाले विभिन्न ठाउँमा गएको बाढी पहिरोले मुलुकभरका ३६ ठाउँका सडक अवरुद्ध भएका छन्। पहाडी तथा तराईका विभिन्न ठाउँका पुल तथा सडक भत्केर यातायात मार्ग अवरुद्ध भएको सडक विभागले जनाएको छ। अरनिको हाइवे, बिपी हाइवे, कान्ति लोकपथ,बेसी सहर चामे सडक, मलेखु मुग्लिङ, बेनी जोमसोम सडक खण्ड लगायतका सडकहरु अवरुद्ध भइरहेका छन्। विभिन्न ठाउँका सडकमा पहिरो आएपछि १५ दिनदेखि सडक अवरुद्ब भएका छन्।

सडक विभागले विभिन्न ठाउँको अवरोध हटाई एकतर्फी सडक सुचारु भएको छ। २७ ठाउँका सडक आंशिक रुपमा एकतर्फी सडक सञ्चालन भएको हो। सडकको पहिरो हटाई अहिले ४१ ठाउँको सडकमा दुवै तर्फबाट सवारीसाधन ओहोरदोहोर गर्न थालेको सडक विभागले जनाएको छ।

सडक विभागका मातहतमा रहेका सबै आयोजना लागेर सडकका अवरोध हटाउने कार्यमा लागिरहेको सडक विभागका सहायक प्रवक्ता अर्जुन सुवालले बताए।

उनले भने, 'केन्द्रीय राजधानीसँग जोडिएको मुख्य मलेखु मुग्लिङ सडक खण्डको मौवा पुल भत्केको ठाउँमा नयाँ पुल निर्माण कार्य भइरहेको छ। सडकको अवरोध हटाउनको लागि स्काभेटर र डोजरले बाटोको पहिरो हटाउने कार्य भइरहेको छ।'

बाटोको अवरोध हटाउनलाई वर्षा कहिलेसम्म रोकिन्छ त्यसमा निर्भर रहने सुवालले बताए। वर्षा र पहिरो जान रोकिए अवरुद्ब सडक आजभोलिदेखि सुचारु हुने उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.