काठमाडौं : सरकारले कोरोना महामारी रोकथामका लागि लगाइएको लकडाउन अन्त्यको घोषणा गरेसँगै काठमाडौंमा चहलपहल बढ्न थालेको छ।
मंगलबार रातिदेखि सरकारले देशभरको लकडाउन हटाएपछि काठमाडौंका सडक, गल्ली,पसल र चोकहरुमा भिडभाड देखिन थालेको छ । सडकमा सवारी जाम देखिन्छ। सार्वजनिक यातायातबाट नै लामो समयपछि बजार घुम्न आउने को ताँती देखिन्छ।
असनका पसलहरूमा पनि विस्तारै ग्राहकहरूको भिडभाड देखिन थालेको छ। कोरोना हटिनसक्दै यसरी एक्कासि बढेको भिडले फेरि कोरोना बढाउने हो कि भन्ने चिन्ता पनि थपिएको छ।
a
तपाईंको ईमेल गोप्य राखिनेछ ।