|

काठमाडौं : बेलायतमा सार्वजनिक स्थानमा मास्क प्रयोग नगर्नेहरुमाथि प्रहरीले बल प्रयोग गर्न पाउने गरी नयाँ स्वास्थ्य निर्देशिका जारी गरेको छ। 

यो निर्देशिकाअनुसार अब भिडभाड हुने कुनै पनि क्षेत्रमा मानिसहरु मास्क नलगाई वा कपडाले नाकमुख नछोपी जान पाउने छैनन्।  पसल, बैंक, सार्वजनिक सवारी साधनलगायतमा अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ। मास्क नलागाउने माथि प्रहरीले बल प्रयोग गर्न सक्नेछ। 

बेलायतमा हालसम्म २ लाख ८४ हजार जनामा कोरोना संक्रमण भएकोमा साढे ४५ हजार मानिसको मृत्यु भइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.