|

स्याङ्जा : स्याङ्जाको चापाकोटमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ। खेतमा पानी लगाउन गएका स्थानीयले चापकोट—१० , किसानमा अजिङ्गर देखेपछी वन कार्यालय र प्रहरीलाइ खबर गरेका थिए। झण्डै १० फुट लम्बाइ र २५/३० केजी तौलको रहेको उक्त अजिङ्गर संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरिएको छ।

धार्मिक र पर्यावरणीय हिसाबले महत्वपुर्ण मानिने सर्पको ९० प्रजाति नेपालमा पहिचान भएका छन्। ती प्रजाति मध्य केही विषालु छन् त केही लोपोन्मुख अवस्थामा रहेका छन्। लोपोन्मुख प्रजातिको सर्प अन्तर्गत अजिङ्गरलाई पनि लिन सकिन्छ। विशेष गरी गर्मी श्रेत्र मनपराउने अजिङ्गर गत असोज २२ गते गल्याङ ९ मा पनि भेटिएको थियो। डिभिजन वन कार्यालय स्याङजाले उक्त अजिङ्गरलाइ बर्दियाको संरक्षित क्षेत्रमा छाडेर उद्धार गरिएको थियो।

अहिले चापाकोटमा पुन अजिङ्गर भेँटिदा स्थानीयबासी त्रसीत बनेका छन्। अजिङ्गर रहेको ठाउँमा नजान, नजिस्क्याउन र अनावश्यक भीडभाड नगर्न स्थानीयवासीलाई डिभिजन वन कार्यालय स्याङजाले अनुरोध गरेको छ।

नेपालमा ८९ प्रजातीका सर्पहरु पाईने भएपनि आँफुले ७० प्रजातिको सर्प पहिचान सहित अध्यायन गरेको सर्प विज्ञ एबं प्यारासाईटोलोजिस्ट देब प्रशाद पाण्डेले बताए। उनले भने , ‘नेपालमा मैले ७० प्रजातिको सर्प पहिचान गरेको छु। केही लोपोन्मुख प्रजातिको सर्पलाई संरक्षण गनुपर्ने हुन्छ।’ यस श्रेत्रमा यो सर्प कसरी आयो ? भन्ने विषय अन्यौल रहेको भएपनि तराई श्रेत्र हुँदै कालिगण्डकी नदीसँगै आएको आँकलन स्थानीयले गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.