|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समकालीन नेपाली इतिहासमा अहिलेजस्तो न्यायालय र न्यायमूर्तिहरुको निन्दा, विरोध र भत्सर्ना कहिल्यै नभएको टिप्पणी गरेका छन्। उनले न्याय मरेको आभाष भएको लेखेका छन्। 

सामाजिक सञ्जाल ट्विटरमार्फत शनिबार साढे तीन बजे एक ट्विट जारी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।  

उनले अरु लेखेका छन्, ‘दलगत भागबण्डामा न्यायधीशको नियुक्ति, भ्रष्ट प्रवृत्ति र दण्डहीनताको परिणाम हो यो’ यो समग्र राजनीतिक प्रणालीकै कमजोरी हो। बाटो गलत छ।’ यसबारे बेलैमा सच्याउने साहस गरौं भन्दै दलहरुलाई आग्रहसमेत गरेका छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.