|

दैलेख : जिल्लाको नारायण नगरपालिकाले कमिसनको आशामा नियमविपरीत सेनेटरी प्याड खरिद गरेको छ। सरकारी निकायले ५ लाखभन्दा माथिको कुनै पनि सामग्री खरिद गर्दा टेण्डर प्रक्रियामा प्रतिस्पर्धाका आधारमा जानुपर्ने कानुनी व्यवस्था छ। तर नगरपालिकाले लकडाउनलाई बहाना बनाउँदै प्याड खरिद गरेको पाइएको हो। 

नगरपालिकाभित्रका १७ वटा विद्यालयका छात्राका लागि प्याड खरिद कार्यक्रमअन्तर्गत २१ लाख ७१ हजार बराबर सामग्री नियमविपरीत मोटो कमिसनको आसमा खरिद गरिएको पाइएको हो।

नगरपालिका शिक्षा शाखाले केही समयअघि लकडाउन देखाउँदै किशोरीका लागि तत्काल प्याड खरिद गर्न नसकिने र आफैं खरिद गर्नु भन्दै विद्यालयको खातामा पैसा पठाएको थियो। तर अहिले सहजीकरणबिना प्याड खरिद गरेपछि विद्यालयहरू अलमलमा परेका छन्। 

नगरपालिका शिक्षा शाखा प्रमुखले लकडाउन देखाउँदै प्रअहरूलाई बोलाएर रकम फ्रिज गर्नुभन्दा विद्यालयको खातामा रकम पठाइदिन्छौं, सामान खरिद गर्नुहोला भन्दै पैसा पठाएका एक शिक्षकले बताए। तर अहिले सामान कुन हिसाबले खरिद गरियो त्यसको केही जानकारी नभएको ती शिक्षकले बताए। 

विद्यालयको खातामा रकम गएपछि विद्यालयले खरिद गर्नुपर्ने हो। तर नगरपालिकाले खरिद नियमावलीविपरीत आफैंले खरिद गरेर सप्लायर्समार्फत विद्यालयमा पठाउने र बीचमा कमिसनको खेल भएको शिक्षकहरुले गुनासो गरेका छन्। 

नगरपालिका शिक्षा शाखा प्रमुख हिमालयजंग शाहले भने सामान खरिदमा एकरूपता र गुणस्तरीयता कायम होस् भनी एउटै कम्पनीबाट खरिद गर्नेबारे सहजीकरण गरिदिएको र यसमा कुनै कमिसनको खेल नभएको बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.