|

जाजरकोट : नलगाड नगरपालिकाले एकल महिलालाई सोलार वितरण गरेको छ। गरिब, विपन्न तथा समस्यामा परेका एकल महिलालाई ८० वाटको सोलार वितरण गरिएको हो।

प्रत्येक वडाका दुईजना सोलार वितरण गरिएको नगरप्रमुख टेकबहादुर रावलले बताए। एकल महिलासँग उपप्रमुख कार्यक्रम अन्तरर्गत सोलार वितरण गरिएको प्रवक्ता राममाया हमालले बताइन्। 

१३ वडामा रहेका २६ गरिब तथा विपन्न महिलालाई सोलार वितरण गरिएको छ। नगरभरि सबै ठाउँमा विद्युतीकरण नभएकाले अधिकांश गरिब परिवारमा अझै पनि सल्लीको दियालो उज्यालोमा बस्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.