समाज

मेलामा पसल राख्‍न हिँडेकी किशोरीको लेक लागेर बाटैमा मृत्यु

साउन ११, २०७७

    सोलुखुम्बु : जिल्लाको महाकुलुङ गाउँपालिका-३ छेस्काम निवासी एक किशोरीको शनिबार दिउँसो लेक लागेर मृत्यु भएको छ। साउन ४ गते साथीहरूसँग सोही गाउँपालिकाको वडा नम्बर २ र ३ को सीमानामा पर्ने धार्मिकस्थल पाँचपोखरीमा पसल राख्‍न हिँडेकी १९ वर्षीया भवि कुमारी कुलुङको लेक लागेर मृत्यु भएको हो।

    वडा नम्बर ३ को वक्तमेलवा भन्ने स्थानमा क्याम्प बनाएर बसेको समयमा उनलाई लेक लोगेपछि घरतर्फ झार्ने क्रममा शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए।

    घटनास्थलमा प्रहरी चौकी छेस्कामको टोली पुगिसकेको र कानुन प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाइने प्रहरीको भनाइ छ। भौगोलिक हिसाबले विकट मानिने घटनास्थल पुग्न जिल्ला सदरमुकामबाट २ दिन लाग्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]