|

स्याङ्जा : रोजगारीका लागि साउदी अरबमा रहेका  स्याङ्जाका एक युवाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। कोरोना सङ्क्रमण भएपछि ३५ दिनदेखि उपचाररत गल्याङ नगरपालिका-८ (साविकको तिन्दावाटे) का रोशन श्रेष्ठको मृत्यु भएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्ण पंगेनीले जानकारी दिए। 

साउदी अरबको दम्मामस्थित सेन्ट्रल हस्पिटलमा उपचाररत ३४ वर्षीय श्रेष्ठको आइतवार निधन भएको हो । श्रेष्ठ नेपालमा लकडाउन हुनुभन्दा एक दिनअगाडि मात्रै साउदी पुगेका थिए। 

एनए मिडियाका म्यानेजिङ डाइरेक्टर समेत रहेका श्रेष्ठ स्याङ्जा सहयोग समाज लगायतका संघसंस्थामा सक्रिय थिए। प्रवासमा रहेका स्याङ्जाका युवाहरुले शुरु गर्न लागेको आँधीखोला कृषि तथा पशुपालन फार्मका सहकोषाध्यक्ष समेत रहेका श्रेष्ठ स्याङ्जा जिल्लामा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा निक्कै सक्रिय थिए। 

श्रीमतीसहित साउदीमा बस्दै आएका उनी बिदामा घर आएपछि श्रीमतीलाई काठमाण्डौं नै छोडेर एक्लै गएका थिए। श्रेष्ठका श्रीमती, आमा र एक जना भाइ छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.