|

काठमाडौं : अबदेखि सरकारी चिकित्सकहरूले प्राइभेट प्राक्टिस अर्थात् निजी क्लिनिकमा काम गर्न नपाउने भएका छन्। सरकारी स्वास्थ्य अस्पतालमा कार्यरत चिकित्सकहरूले  आफू कार्यरत दरबन्दी लिएको सरकारी अस्पतालमा भन्दा निजी क्लिनिक तथा निजी अस्पतालमा बढी समय दिन थालेको गुनासो धेरै आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले साउन ९ गते मन्त्रीस्तरीय निर्णय गर्दै अबदेखि कुनै पनि सरकारी अस्पताल, प्रतिष्ठानहरूमा कार्यरत रहेका चिकित्सकहरूले निजी प्राक्टिस गर्न नपाउने निर्णय गरेका हुन्।

 मन्त्रालयले सो निर्णय गर्दै देशभरकार सम्पूर्ण सरकारी अस्पताल तथा प्रतिस्ठानहरूलाई परिपत्रसमेत गरिसकेको छ। मन्त्रालयले गरेको परिपत्रमा भनिएको छ, ‘यस मन्त्रालय अन्तर्गतका  विभाग, केन्द्र,  प्रतिष्ठान  र संघ प्रदेश स्थानीय र केन्द्रीय तहका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा समेत संस्थाको प्रमुख र कार्यकारी जिम्मेवारी रहेकाहरूले निजी प्राक्टिस नगर्ने र यदि यसभन्दा अगाडि गर्दै आएका पूर्व-स्वीकृत लिएको भए अब सबै स्वत: खारेज हुनेछ।'

यस्तै, अब सरकारी चिकित्सकहरूले कुनै पनि निजी स्वास्थ्य संस्थामा आफू कार्यरत संस्थाको नाम निजी क्लिनिकमा लेख्‍न पनि नपाउने निर्णय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.