|

धनकुटा : अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो झरेपछि कोसी राजमार्ग अवरुद्ध भएको छ। कोसी राजमार्गअन्तर्गत पर्ने धनकुटाको धनकुटा नगरपालिका–६ पात्ले खोलामा पहिरोले सडक अवरुद्ध छ।

पहिरो पन्छाउन स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रयास गरिरहेको र केही समय लाग्ने सशस्त्र प्रहरी हेडक्वाटर नम्बर ६ छिन्ताङ गुल्म धनकुटाका प्रमुख डिएपी सचिन कर्माचार्यले बताए। राजमार्ग अवरुद्ध भएपछि धनकुटासहित भोजपुर, संखुवासभा, तेह्रथुमतर्फ जाँदै गरेको सवारीसाधन जाममा परेका छन्। 

त्यस्तै, लगातारको वर्षाको कारण कोसी राजमार्गमा पर्ने रुद्रबारी, गुठीटार, जिरोप्वाइन्ट, सल्लेरीलगायतका दर्जनौं स्थानमा पहिरो गएको छ। सडकमाथि थुप्रिएको पहिरो हटाउन डिभिजन सडक कार्यालयको स्काइभेटर पनि प्रयोग गरिरहेको सुपरभाइजर अम्बिका राईले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.