|

कपिलवस्तु : स्वास्थ्य मन्त्रालयले समुदायका कोरोना फैलिएको निराधार भएको भनाइ आएको २४ घण्टा बित्न नपाउँदै कपिलवस्तुमा समुदायस्तरमा कोरोना संक्रमित भेटिन थालेका छन्। 

मंलललबार कपिलवस्तुको शिवराज नगरपालिकाको समुदायमा कोरोना सङ्क्रमण फैलिएको पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले शिवराज नगरपालिकाभित्र समुदायमा रहेका १३ जनामा कोरोना पोजेटिभ भएको पुष्टि गरेको छ। तीमध्ये ट्राभल हिस्ट्री नभएका समेत छन्। नेपाल आदर्श मावि शिवपुरका २ जना शिक्षक, शिवराज नगरपालिका वडा नं। १ का वडासचिव र वडा सचिवका पतिमा समेत कोरोना देखिएको छ। 

काठमाडौँ जानका लागि पिसिआर परीक्षण गरेका कृष्णनगर नगरपालिकाका २ विद्यार्थी र उपचार गर्न परीक्षण गराएका वडा सदस्यको छोरामा समेत कोरोना पोजेटिभ देखिएको हो। 

उनीहरूको ट्राभल हिस्ट्री समेत नपाइएको शिवराज नगरपालिका सुपा देउराली आइसोलेसनका इन्चार्ज जित बहादुर बिसीले बताए। शिवराज नगरपालिकाको वडा नं। ५ चन्द्रौटा बजार, वडा नं १ शिवपुर, वडा नं ११ लालपुर र वडा नं। ३ खरेन्द्रपुर र कृष्णनगर नगरपालिकाको बहादुर गन्जको समुदायका कोरोना फैलिएको बताइएको छ। 

शिक्षकलाई कोरोना देखिएपछि नगरपालिकाभर त्रास छाएको छ। शिवराज नगरपालिकाले कक्षा ४ देखि माथिल्लो कक्षाका लागि विद्यालयमा दैनिक ३ घण्टा वैकल्पिक शिक्षा प्रदान गर्दै आएको थियो। वडासचिव समेत नियमित कार्यालयमा उपस्थित भएका छन्।

मङ्गलबार पुष्टि भएका ३४ जनामध्ये ७ जना होम क्वारेनटाइन बसेका थिए। भारतबाट आएका १२ जना, दुबईबाट आएका ४ जना र साउदी अरेबियाबाट आएका २ जनामा कोरोना देखिएको छ। नगरका ८ जनामा कोरोना देखिएपछि कनट्याक्ट ट्रेसिङ्ग गर्दा ८९ जना नजिक सम्पर्कमा भएकाको पिसिआर परीक्षण भएको थियो। 

ती ८ जना बाहिरबाट आएपछि क्वारेन्टाइन नगई समुदायमा घुमफिर गर्दै आएका थिए। थप भएका मध्ये ६ जना महिला छन्। यो थप भएसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय ९६ पुगेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.