हालसम्म ६२ प्रतिशत निर्माण सकियो : मन्त्री भट्टराई

|

काठमाडौं : कोरोना भाइरसले निम्त्याएको गम्भीर संकटका बीच पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम भइरहेको छ। चिनियाँ ठेकेदारले निर्माण जिम्मा लिएको पोखरा विमानस्थल निर्माणको काम हालसम्म ६२ प्रतिशत पूरा भइसकेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले दिएका छन्। 

उनका अनुसार सन् २०२१ जुनमा निर्माण पूरा गर्ने लक्ष्यसहित अहिले धमाधम काम भइरहेको छ। लकडाउनको समयमा पनि उच्च स्वास्थ्य सतर्कतासहित निर्माण जारी राखिएको पोखरा विमानस्थलमा चिनियाँ र नेपाली कामदार सक्रिय छन्। 

मन्त्री भट्टराईका अनुसार हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा २ सय ४४ जना चिनियाँ र एक सय जना नेपाली कामदार सक्रिय छन्। 'कोरोनाको महामारीमा पनि पोखरा अन्तराष्ट्रिय बिमानस्थलको काम निरन्तर जारी छ', भट्टराईले भने, 'सन् २०२१ जुनमा सम्पन्‍न गर्ने लक्ष रहेको यो आयोजनाले हाल ६२ प्रतिशत प्रगति हासिल गरेको छ।'

भट्टराईले यो विमानस्थलको काम सन्तोषजनक रहेको बताएका छन्। 'महामारीका बीचमा पनि निरन्तर काम गर्दा अपेक्षित प्रगति भएको छ', उनले भने, 'यसका लागि कामदार, आयोजना प्रमुख र कर्मचारी धन्यवादका पात्र छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.