स्वास्थ्य

पितृभोजमा पाउडर दूधले बनाएकाे खीर खाएका २८ जना बिरामी

साउन १३, २०७७

    पाल्पा : जिल्लाको रामपुर नगरपालिका–७ मोहतीमा खीर खाँदा २८ जना बिरामी परेका छन्। बिरामीमध्ये १३ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य शाखा प्रमुख तीर्थ ढुंगानाले बताए। यद्यपि उनीहरूको अबस्था खतरामुक्त छ। बिरामी सबै एउटै टोलका हुन्।

    छिमेकी स्वर्गीय मानबहादुर विकको काजकिरिया पश्चात् उम्कनेमा आयोजना गरिएको पितृभोजमा उनीहरूले खीर खाएका थिए। उनका अनुसार खीर पाउडर दूधमा पकाइएको थियो। 
    आइतबार खीर खाएका उनीहरूलाई सोमबार सामान्य पेट दुखेको थियो। मंगलबार बिहानैदेखि पखाला लाग्ने, वाकवाकी लाग्ने र ज्वरोसमेत आउन थालेपछि रामपुर अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो। बिरामीमध्ये १३ जनालाई थप उपचारका लागि सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा पठाएको उनले बताए। 

    अन्यको भने रामपुर अस्पतालमै उपचार भइरहेको छ। बिरामी पर्नेमा २० जना महिला, ३ जना बालबालिका र ५ जना पुरुष छन्। उनीहरूलाई ‘फुड प्वाइजन’ भएको हुनसक्ने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]