|
फाइल फोटो

सोलुखुम्बु : जिल्लाको सोताङबाट १४ लाख रुपैयाँभन्दा बढी नगदसहित ४ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बुको नेतृत्वमा खटिएको टोलीले  जुवा खेलिरहेको अवस्था उनीहरुलाई पक्राउ गरेको हो।

सोताङ गाउँपालिका-५ शिवटार बजार नजिकैको पसलघरमा जुवा खेलिरहेको अवस्थामा १४ लाख ६५ हजार रुपैयाँ नगदसहित उनीहरूलाई मंगलबार अपराह्न पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

उनीहरुको साथबाट कृषि विकास बैंकको २९ लाख रुपैयाँको चेक समेत बरामद गरिएको छ। उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्लेरीमा ल्याइएको प्रहरीले जनाएको छ। यति ठूलो परिणाम नगदसहित जुवाडेलाई जुवा खालबाटै पक्राउन गरिएको यो जिल्लाकै पहिलो घटना हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.