|

इरानले मिसाइल दागेर अमेरिकी डमी युद्धपोतलाई ध्वस्त पारिदिएको छ।

रणनीतिक रुपले निकै महत्वपूर्ण मानिने स्ट्रेट अफ हर्मिजमा रहेको अमेरिकी डमी युद्धपोतमा इरानले मिसाइल दागेको हो। स्ट्रेट अफ हरमिजले इरानक र ओमानको खाडी क्षेत्रलाई जोड्छ।

खाडी क्षेत्रमा तेहरान र वासिङ्गगनबीच तनाव बढिरहेका बेला इरानले अमेरिकी डमी युद्धपोतमा मिसाइल दागेको हो। इरानको सरकारी टेलिभिजनका अनुसार यो अभ्यासको नाम पैगम्बर मोहम्मद–१४ राखिएको थियो।

हर्मुजमा रहेको सो डमी खाडी क्षेत्रम अमेरिकाले तैनाथ गरेको युद्धपोतको हुबहु रहेको र त्यसमा लडाकु जहाजका डमी समेत राखिएको बीबीसीले जनाएको छ। इरानले यस युद्धपोतमा अलग–अलग कोणबाट मिसाइल हानेको थियो। साथै, हेलिकोप्टरबाट समेत मिसाइल हानिएको उल्लेख छ।

इरानले यो अभ्यासका क्रममा ब्यालेष्टिक क्षेप्यास्त्र समेत प्रयोग गरेका कारण युएई र कतारमा रहेका अमेरिकी युनिटमा अलर्ट जारी गरिएको अमेरिकी सेनाले जनाएको छ। 

इरानको रिभोल्युस्नरी गार्डका कमाण्डर मेजर जनरल हुसेन सालामीले पछिल्लो मिसाइल अभ्यासलाई मुलुकको वायुसेना र नौसैनकि आक्रामक क्षमता आंकलन भनेका छन्। 

इरानले गरेको मिसाइल अभ्यासका क्रममा लागेको आगोको लप्काका कारण अमेरिकाले खाडी क्षेत्रमा रहेका दुईवटा क्षेत्रीय सैन्य आधार शिविरमा सतर्कताको चेतावनी नै जारी गरेको थियो। 

अमेरिकी नौसेनाले इरानद्वारा गरिएको यस अभ्यासलाई जिम्मेवारीहिन र लापरबाही भएको बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.