|

पर्वत :  हिमालपारिको जिल्ला मुस्ताङ जाने सडक मार्ग दुईवटा छन्। सवारीसहित सधैँभरि चल्ने सडक प्रदेश राजधानी पोखराबाट पर्वत हुँदै म्याग्दीबाट मुस्ताङ पुगिन्छ। अर्को सडक भनेको हिमालपारिको अर्को जिल्ला मनाङबाट पदयात्रा गर्दै। मनाङबाट मुस्ताङ आउने सडकमा सवारी चल्दैनन् जहाँ पदयात्रीहरूले प्रयोग गर्ने रुट हो।

मुस्ताङ आउजाउ गर्ने र खाद्यान्न ढुवानी गर्ने बेनी जोमसोम सडकलाई यस वर्षको बाढी र पहिरोले क्षत विक्षत बनाएको छ। करिब ३ हप्ता अगाडिको भएको भीषण वर्षाले सडकका धेरै ठाउँमा पहिरो गएको छ। कहीँ कालीगण्डकी नदीले कटान गरेर सडक बगाएको छ त कहीँ सडकमाथिबाट आएको पहिरोले सडक पुरेको छ।

३ हप्तादेखि सवारी आउजाउ गर्न नसकेको मुस्ताङमा यातायात सेवा सुचारु गर्न कम्तीमा पनि अझै एक महिना लाग्न सक्ने अनुमान छ। कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला सडक खण्ड) का आयोजना प्रमुख अशोक तिवारीले पनि पहिरो र कटानले अवरुद्ध सडक सुचारु गराउन मर्मतको काम तीव्र रूपमा अगाडि बढाउँदा पनि झन्डै एक महिना लाग्न सक्ने बताए।

मुस्ताङ छिर्ने नाका म्याग्दीको गलेश्वरमा रहेको बेली ब्रिजको आधा भाग नै रघुगंगा नदीले कटान गरेर बगाएको छ।

तस्विर सौजन्य : निरजथिन थकाली

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.