कोभिड-१९ {अपडेट}

कर्मचारीमा कोरोना संक्रमण भएपछि मेगा बैंकको धादिङ शाखा बन्द

साउन १५, २०७७

    धादिङ : कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मेगा बैंक नेपालले धादिङबेसीमा रहेको शाखाका सबै सेवा तत्कालका लागि बन्द गरेको छ। बैंकमा कार्यरत एक कर्मचारीमा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बैंकले सम्पूर्ण सेवा बन्द गरेको हो। 

    बैंकका शाखा प्रमुख अभिषेक खनालका अनुसार सदरमुकाम धादिङबेशीमा मेगा बैंकको दुईवटा शाखामा २२ जना कर्मचारी कार्यरत छन्। केही दिन अघिमात्रै मेगा बैंकमा गाभिएको गण्डकी विकास बैंकको शाखा पनि सञ्चालनमै रहेको छ। साविकको गण्डकीका कर्मचारी पनि विभिन्न कामविशेषले मेगा बैंकको मुख्य शाखामा आउजाउ गर्ने भएकाले अहिलेका लागि दुवै शाखा बन्द गरिएको खनालले जानकारी दिए।  

    आँखामा समस्या देखिएपछि शल्यक्रिया गर्न अस्पतालले पीसीआर रिपोर्ट मागेपछि बैंकका ति कर्मचारीलाई नीलकण्ठ नगरपालिकाबाट स्वाब परिक्षण गर्न साउन ११ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो। 

    बुधवार सार्वजनिक भएको पीसीआर पोजेटिभ हुनेहरु धादिङको सिद्धलेक ४ का एक जना, नीलकण्ठ १२ का बैंक कर्मचारीसहित दुई जना, नीलकण्ठ ४ का तीन जना र खनियावास २ का १ जना रहेका छन्। सिद्धलेकका र नीलकण्ठ १२ एक जना होम क्वारेन्टाइनमा बस्दै आएका थिए भने बैंकका कर्मचारी बाहेक अरु सदरमुकामको क्वारेन्टाइनमा नै बस्दै आएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद रिजालले बताए।

    बैंकका कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि कोरोना भाइरस समुदायस्तरमा प्रवेश गरिसकेको हो कि भन्ने त्रास समुदायमा परेको छ। बुधवार सार्वजनिक भएको रिपोर्टसहित धादिङ जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या १३७ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]