|

काठमाडौं : नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न ट्रिनिडाड एन्ड टोबागो प्रस्थान गरेका छन्। 

उनी कोरियन एयरको चार्टर्ड जहाजमार्फत बिहान १० बजे ट्रिनिडाड एन्ड टोबागोतर्फ जान लागेका हुन्। त्यसका लागि उनी विमानस्थल पुगिसकेका छन्। पीपीई लगायतका स्वास्थ्य सुरक्षाका सामग्री लगाएर उनी विमानस्थल पुगेको फोटो सन्दीपका व्यवस्थापप व्यवस्थापक रमन शिवाकोटीले सार्वजनिक गरेका छन्। 

यसअघि हवाई उडानको यकिन नहुँदा उनी टोबागो जानेबारे अन्योल थियो। सीपीएल खेल्नका लागि सन्दीप साउन १७ गतेसम्म पुगिसक्नुपर्नेछ।  सरकारले अन्तर्राष्ट्रिय हवाई उडान आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेपछि सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान समस्या भएको थियो।

उनले त्यहाँ पुगेर १४ दिन क्वारेन्टीनमा बस्नुपर्नेछ। सन्दीप यस यामको सीपीएलका लागि जमैका तल्लावाहजबाट १ करोड ५६ लाख रुपैयाँमा अनुबन्धित भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.