|

काठमाडौं : लगातार बढिरहेको सुनको मूल्य आज पनि तोलामा ५ सय रुपैयाँ महंगो भएको छ। 

आज छापावाल सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुन हिजो तोलाको ९८ हजार ५ सय रुपैयाँ थियो। कोभिड १९ को महामारीका कारण लगानीका विभिन्न क्षेत्र बन्द हुँदा अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताले सुनमा लगानी बढाएपछि भाउ बढेको व्यवसायीको भनाइ छ। 

मूल्य बढेपछि नेपाली बजारमा भने सुनका गरगहनाको कारोबार ठप्पजस्तै छ। आज चाँदीको मूल्य स्थिर छ। आज पनि चाँदीको भाउ तोलाको १२ सय २५ रुपैयाँ रहेको महासंघले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.