|

भारतमा पछिल्लो २४ घण्टामा ५० हजार कोरोना संक्रमण थपिएका छन्। स्वास्थ्य मन्त्रालयले २४ घण्टामा ५२ हजार १२३ नयाँ संक्रमण थपिएका जनाएको छ। योसँगै भारतमा कुल संक्रमणको संख्या १५ लाख ८३ हजार ७ सय ९२ पुगेको छ।

यस्तै, कोरोनाबाट बितेको २४ घण्टामा ७ सय ७५ जनाले ज्यान गुमाएका छन्। कोरोनाबाट हालसम्म कोरोनाबाट कुल ३४ हजार ९ सय ६८ ले ज्यान गुमाएका छन्।

मन्त्रालयका अनुसार देशभर  १  करोड ८१ लाख ९० हजार ३ सय ८२ कोरोना  टेस्ट भएको छ।  हिजो मात्र  ४ लाख ४६ हजार ६ सय ४२ जनालाई कोरोना टेस्ट गरिएको छ। हालसम्म १० लाख २० हजार ५ सय ८२ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.