|
फाइल फोटो

सल्यान : सल्लीबजार-चौरजहारी-डोल्पा सडक पुनः अवरुद्ध भएको छ। लगातार पानी परेपछि विभिन्न ठाउँमा आएको बाढी-पहिरोले सडक बगाएपछि अवरुद्ध बनेको हो। 

जिल्लाको कुमाख गाउँपालिका-२ खारखोलामा बाढी र पहिरोले सडक बगाउँदा सडक अवरुद्ध भएको स्थानीय राम बहादुर बुढाथोकीले जानकारी दिएका छन्‌। केही समयअघि मर्मत गरिएपनि मंगलबार राती आएको बाढीले पुनः सडक बगाएको उनले बताए। गत असार २० गते बाढीले बगाउँदा एक हप्तापछि सडक सञ्चालनमा आएको थियो। 

दीर्घकालिन तरिकाले सडक मर्मत नगरिए वर्षौंसम्म यस्ता समस्या आइरहने बुढाथोकीको भनाई छ। पटक-पटक एकै ठाउँमा पहिरो जाँदा यसको दिगो तरिकाले मर्मतमा कुनै निकायको ध्यान नगएको उनको आरोप छ। 

सडक अवरुद्ध हुँदा सल्यानको कुमाख गाउँपालिका, बनगाड कुपिण्डे नगरपालिका, रुकुम पश्चिमका सर्वसाधारण समस्यामा परेका छन्। पहिरोले सडकमा आवागमन बन्द भएपछि बिरामीलाई अस्पताल ल्याउन लैजान समेत समस्या भएको छ भने दैनिक उपभोग्य मालसामान ढुवानी रोकिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.