|

एजेन्सी : भारतको मणिपुर राज्यमा उग्रवादीको आक्रमणमा परेर तीन भारतीय सैनिक मारिएका छन्। यस हमलामा सेनाका तीन जवान मारिँदा अन्य ६ जना गम्भीर घाइते भएका छन्। 

घटना बुधवार राति करिब सवा १ बजे राजधानी इम्फालबाट करिब ९५ किलोमिटर टाढाको चन्देल जिल्लास्थित पहाडी क्षेत्रमा भएको हो। 

भारत-म्यानमार सीमाक्षेत्रमा उग्रवादी समूहविरुद्ध अपरेसनका असम राइफलका तीन जवान मारिएका हुन्। जवानहरूमाथि धराप थापेर उग्रवादीले हमला गरेका थिए। यस हमलामा घाइते भएका ६ जनाको इम्फाल पश्‍चिम जिल्लाको सैनिक अस्पतालमा भर्ना गरिएको छ।

समाचार अनुसार मणिपुरको स्थानीय उग्रवादी समूह पिपुल्स लिबरेशन आर्मीले सेनामाथि घातक हमला गरेको हो। सेनाको तर्फबाट उग्रवादीविरुद्ध सर्च अपरेशन चलाइएको छ। यसका साथै भारत-म्यानमार सीमामा निगरानी कडा पारिएको छ।

पछिल्लो साल नोभेम्बरमा चन्देल जिल्लामै असम राइफलको क्याम्पमाथि उग्रवादीले आक्रमण गरेका थिए। उग्रवादीले सैन्य क्याम्पमा बम हानेका थिए। त्यसपछि दुवैतर्फबाट गोलाबारी भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.