|

इटहरी : इटहरी उपमहानगरपालिकाको योजना शाखाका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि वडा कार्यालयसहित अत्यावश्यक सेवाबाहेक काम बन्द गर्ने निर्णय भएको छ।  

उपमहानगर र स्थानीय प्रशासनसहित बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क रहने कर्मचारीलाई कोरोना भएसँगै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रतिनिधिसहित बसेको बैठकले लकडाउन गर्ने निर्णय भने गरेको छैन। 

लकडाउन नगर्ने भए पनि हाटबजार पूर्ण रूपमा बन्द गर्ने र बाहिरी पसल, होटेल तथा व्यवसाय स्वास्थ्य अवस्थालाई ध्यान दिएर मात्रै खोल्न पाउने पनि निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ।

सङ्क्रमित कर्मचारी बुधबारसम्म कार्यालयकै काममा रहेकाले कर्मचारीमा भने त्रास बढेको छ। योजना शाखाका कर्मचारी भएकाले कर्मचारी र सेवाग्राहीको भीड लाग्ने ठाउँमा भएकाले पनि जोखिम बढेको कर्मचारीहरू बताउँछन्।

केही दिनअघि उपमहानगरका १० कर्मचारीको स्वाब परीक्षणका लागि पठाइएको थियो। पहिलो चरणमा उपमहानगर र २० वटै वडा कार्यालयमा कार्यरत सबै कर्मचारी, जनप्रतिनिधिको स्वाब परीक्षण गर्ने र त्यसपछिको अवस्था हेरेर मात्र थप निर्णय गर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.