|

जाजरकोट : भेरी नगरपालिका ३ स्यालाकी ५३ वर्षीया दौपत्ती सुनार घरदेखि तीन सय मिटर नजिक बिहीबार बेलुकी मृत फेला परेकी छन्। 

तीन दिनअघि हराएको भनी जिल्ला प्रहरी कार्यालय, जाजरकोटमा सूचना पुगेको एक घण्टा नबित्दै उनको शव फेला परेको डिएसपी किशोर श्रेष्ठले जानकारी दिए।। घटनाका विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। 

उनका श्रीमान् पदम वि क का अनुसार साउन १३ बाट उनी घरबाट हराएकी थिइन्। तीन दिनअघि हराएको भनिए पनि घर नजिकै शव भेटिनु र प्रहरीमा हराएको सूचना पुगेको एक घण्टाभित्र मृत्यु हुनुको कारण गम्भीर भएको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.