|

काठमाडौं :  कोरोना संक्रमणबाट  वीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ पुगेकाे छ। 

भारत घर भइ हाल वीरगञ्ज–११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुषको गएराति मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए। 

मृतक जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत रहेको पनि उपाध्यायले बताए। मुटुको रोगी रहेका उनमा कोरोना संक्रमण भएपछि अवस्था गम्भिर बनेको थियो। तर आईसीयु र भेन्टिलेटर मा राखेर उपचार गर्दा समेत बचाउन नसकिएको अस्पतालले जनाएको छ। उनको साउन ६ गते कोरोना पुष्टि भएको र ७ गते कोभिड अस्पतालमा भर्ना भएका थिए। 

यसअघि बिहीबार मात्र पर्सामा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको थियो। योसँगै पर्सामा साउन यता कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.