|

मनाङ : ङिस्याङ गाउँपालिका–४ भ्राकाका उच्च रक्तचापका दुई बिरामीको हेलिकोप्टर चार्टर गरी अस्पताल लगिएको छ।

छिरिङ छेपाल लामा र छेबाङ लामालाई बिहीबार हेलिकोप्टर चार्टर गरी उपचारका लागि काठमाडौं लगिएको हो। बुधबार बेहोस भएपछि हेलिकोप्टर बोलाइएको थियो। तर, खराब मौसमका कारण बिहीबार मात्र हेलिकोप्टर आएको वडा नम्बर ४ का अध्यक्ष कर्म छिरिङ गुरुङले बताए।

बाढीपहिरोले सडक अवरुद्ध भएको र एयरपोर्ट भए पनि उडान नभएपछि मनाङका स्थानीयहरु उपचारका लागि हेलिकोप्टर चार्टर गरेर अस्पताल जान बाध्य भएका छन्। एक पटक चार्टर गर्दा साढे दुई लाख रुपैयाँ खर्च हुने स्थानीयहरुको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.