उदयपुर : उदयपुरमा मालपोत कार्यालयका एक कर्मचारीलाई कोरोना संक्रणमको पुष्टि भएको छ। संक्रमित ३४ वर्षीय एक पुरुष कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए। कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए।
अर्को सूचना नआएसम्मको लागि मालपोत कार्यालयबाट कुनै पनि सेवा सुविधा उपलब्ध नगराउन अनुरोध गरिएको प्रजिअ पाण्डेले बताए।
उनका अनुसार समुदायमा कोरोना संक्रमण फैलिएकोले सबै सचेत हुनुपर्ने बताए। मालपोत कार्यालयका कर्मचारी भएकाले कर्मचारी र सेवाग्राहीको भिड लाग्ने ठाउँमा भएकाले पनि सङ्क्रमणको जोखिम बढेको प्रमुख सुवेदीले बताए।
यस्तै, मास्क नलगाई बस्नेलाई अबदेखि जरिवाना वा पक्राउ गर्नेसम्मको कार्य थालनी गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भीमबहादुर दाहालले बताए।
प्रजिअ पाण्डेले सङ्क्रमित व्यक्तिसँगको सम्पर्कमा आएका व्यक्तिहरु सबैको तत्काल कन्ट्रयाक ट्रेसिङको काम सुरु गरिने बताए।
योसँगै जिल्लामा संक्रमितको संख्या ८८ जना पुगेको छ। त्यसमध्ये २२ जना महिला र ६६ जना पुरुष रहेको सुवेदीले बताए। पोजिटिभ देखिएकामध्ये सबैभन्दा बढी त्रियुगा नपामा ३७ जना पुरुष, १३ जना महिला गरी ५० जना, बेलकामा ५ महिलासहित २४ जना, कटारीमा ७, चौदण्डीमा नपामा १, ताप्लि गाउँपालिकामा ३ र उदयपुरगढी गापामा २ रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।