राजनीति

रक्षामन्त्री भन्छन् : पुरानै ढर्रामा चलिरहँदा हामी 'आउटडेटेड' हुन्छौं

कार्यशैली ‘लकिरका फकिर’ जस्तो भएको टिप्पणी

साउन १६, २०७७

    काठमाडौं : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले हाम्रो कार्यशैली ‘लकिरका फकिर’ जस्तो भएको टिप्पणी गरेका छन्। 

    मन्त्रालयको वार्षिक प्रगति समीक्षा गर्न आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले ‘लकिरका फकिर’ जस्तो कार्यशैली परिवर्तन गर्न नसकिए परिमाण आउन नसक्ने बताए। 

    अहिलेको आवश्यकता व्यवहार, सोच र योजना ‘अपडेटेड’ गरेर आगाडि बढ्नुपर्ने रहेको उनले उल्लेख गरे। 'हाम्रो कार्यसम्पादन शैली ‘लकिरका फकिर’ जस्तो भयो। क्रिएटिभ ढंगले अगाडि बढ्न सकिएन भने परिणाम दिन सक्दैन। क्रिएटिभ ढंगले जानु अहिलेको आवश्यकता हो। यसै अनुसार अगाडी बढ्न आग्रह गर्दछु', उनले भने, 'अहिलेको आवश्यकता व्यवहार, सोच र योजना बेला बेला अपडेटेड गर्ने हो। त्यस्तो गर्न सकिएन भने व्यवहार, नीति र योजना आउटडेटेड हुन्छन्।' 

    हरेक संस्था र व्यक्तिका व्यवहार, नीति र योजना ‘आउटडेटेड’ हुनबाट बचाउन ‘अपडेटेड’ हुनैपर्नेमा उनले जोड दिएका छन्।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले राष्ट्रिय हित र विकासका दृष्टिकोणका हिसाबले राष्ट्रिय गौरबका आयोजनाको प्रगति हुन नसकेको बताए। 

    राष्ट्रिय गौरवका आयोजनाहरु आर्थिक स्रोतका कारण रोक्ने अवस्था नहुने उनले बताए। आयोजनाहरुको काम अगाडी बढाएर छिटो सम्पन्न हुने अवस्थामा आवश्यक लगानीको व्यवस्थापनका लागि आयोगले पहल गर्ने उनले बताए।

    शुक्रबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री र मन्त्रालय सचिवबीच आर्थिक वर्ष २०७७/०७८ मा रक्षा मन्त्रालयबाट गरिने मुख्य कार्यक्रमसम्बन्धी कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ। 

    यस्तै प्रधानसेनापति र रक्षा सचिवबीच आर्थिक वर्ष २०७७‍/०७८ मा नेपाली सेना अन्तरगत कार्यान्वयन गरिने मुख्य कार्यक्रमहरु सम्बन्धि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]