|

मुगु : बर्सेनि यो समय रारा घुम्नका लागि उपयुक्त मौसम मानिन्छ। तर, अहिले (कोभिड १९) का कारण रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या शून्य नै छ। विगत वर्षहरूमा यो समय दैनिक पाँचसयदेखि एक हजारसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका भएपनि कोरोनाका कारण यो वर्ष रारा सुनसान छ।

तर, सुनसान रारामा ताल वरपर ढकमक्क फुलेका फूलले रारा लाई झनै सुन्दर बनाएको छ। रारा ताल आफैंमा सुन्दर छ। यही सुन्दर तालको वरिपरि फूलेका विभिन्न प्रजातिका फूलहरूले यहाँको वातावरण रंगीन बनाएको छ। प्रकृतिले सिंगारिएको राराले खैरो, बैजनी र नीलो गरी दिनमै तीन पटक रूप बदल्ने गर्दछ।

यतिबेला रारा क्षेत्रमा फूलेका फूलले रारा ताललाई झन् मनमोहक बनाएको नेपाल पत्रकार महांसघ मुगुका शाखाका अध्यक्ष नृपेन्द्र कुमार मल्लले बताए। मुर्माटपसम्म पुगेर रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम रारा भ्रमणका लागि उपयुक्त हुने उनको भनाइ छ। तर कोरानाको कारण सुनसान रारामा बन्दाबन्दी खुलेसँगै तालमा रमाउन यतिबेला आन्तरिक पर्यटकको चहलपहल पनि केही बढ्दै गइरहेको मल्लले बताए।

समुद्र सतहदेखि २ हजार ९९० मिटर उचाइमा रहेको रारा तालको लम्बाइ ५ किलोमिटर, चौडाइ तीन किलोमिटर मिटर र गहिराइ १६७ मिटर रहेको छ। यस तालमा दुर्लभ असला जातका माछा, रानी ट्राउट, भ्यागुतोलगायत जलचर र ३०० प्रजातिका चरा पाइन्छन्। यस्तै, यस क्षेत्रमा कस्तूरी, रेडपाण्डा, मृग, घोरल, भालु, रतुवालगायत वन्यजन्तु पनि अवलोकन गर्न सकिन्छ।

रारा तालका केही तस्बिर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.