६ जना अझै बेपत्ता

|

दैलेख : कालिकोट जिल्लाका विभिन्न ठाउँमा आएको पहिरोमा परी पछिल्लो ३१ दिनमा १९ जनाले ज्यान गुमाएका छन् भने ६ जना बेपत्ता भएका छन्। जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी युवराज गुरागाइँका अनुसार असार १५ गतेदेखि साउन १६ गतेकोे अवधिमा यो संख्यामा मृत्यु भएको हो। 

विकट पहाडी भूभाग रहेको कालिकोटमा उद्धारमा कठिनाइ भएकाले पनि यो संख्यामा मानिसको मृत्यु र बेपत्ता भएका हुन्। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकामा २ जना, महाबै गाउँपालिकामा २ जना, नरहरिनाथ गाउँपालिकामा १० जनाको मृत्यु भएको हो। 

यस्तै पचालझरना गाउँपालिकामा १ जना, रास्कोट नगरपालिकामा ३ जना र पलाता गाउँपालिकामा १ जनाको ज्यान गएको हो। कालिकोट प्रशासनले दिएको जानकारीअनुसार जिल्लाकोे दुई वटा स्थानीय तहमा ६ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरुमा रास्कोटका ५ जना र नरहरिनाथका १ जना छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.