|

दक्षिण चीन सागर (साउथ चाइना सी) विवादलाई लिएर भारतका लागि चिनियाँ र अष्ट्रेलियाका राजदूत एक–आपसमा भिडेका छन्। विद्युतीय सामाजिक सञ्जाल ट्वीटरमा दुई देशका राजदूत भिडेका हुन्। 

शुक्रबार अपराह्न १ बजेतिर चीनका राजदूत सुन बेइदोङले एक ट्वीट गरेका थिए। सो ट्वीटमा उनले लेखेका छन्, 'भारतका लागि अष्ट्रेलियाको उच्चायोगले दक्षिण चीन सागरबारे तथ्यलाई उपेक्षा गर्दै टिप्पणी गरेको छ, चीनको क्षेत्रीय सम्प्रभुता र समुद्री अधिकार नियमअनुसार नै छ, कसले शान्ती र सुरक्षाका लागि काम गरिरहेको र को अस्थिरता निम्त्याउन र अरुलाई उकास्न उद्यत छ भन्ने प्रष्ट छ।' 

चिनियाँ राजदूतको ट्वीटमा प्रतिवाद गर्दै अष्ट्रेलियाका राजदूत बरी ओफरेलले लेखेका छन्, 'भारतका लागि चिनियाँ राजदूतलाई धेरै धन्यवाद । दक्षिण चीन सागरबारे सन् २०१६ मा अन्तराष्ट्रिय अदालतले गरेको फैसला पालना गर्नेमा म आशावादी छु। एकतर्फी परिस्थिति बल्नेगरी भएका कामकारबाहीबाट बच्ने म अपेक्षा गर्छु।'

कोरोना महामारी सुरु भएपछि चीन र अष्ट्रेलियाबीच सम्बन्ध चिसिएको छ। त्यसअघि दुई देशबीच निकै घनिभूत सम्बन्ध रहिआएको थियो। अहिले एसिया प्रशान्त क्षेत्रमा चीनसँग अष्ट्रेलियाको सम्बन्ध सबैभन्दा खराब अवस्था पुगेको विश्लेषण गरिएको छ। 

सन् २०१९ को नोभेम्बर महिनामा चीनको वुहान शहरमा कोरोना भाइरस देखिएपछि अष्ट्रेलियाले यसको स्रोतमाथि जाँच गर्न माग राखेको थियो। अष्ट्रेलियाले यस्तो माग राखेपछि चीन चिढिएको थियो र त्यहाँबाट हुने आयातसमेत बन्द गरिदिएका थियो। 

हङकङ मामिलले पनि चीन र अष्ट्रेलियाबीच विवाद बढाएको छ। चीनले हालै त्यहाँ कडा राष्ट्रिय सुरक्षा कानुन कार्यान्वयन गरेपछि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हङकङवासीका लागि राहदानी अवधि बढाउने र त्यहाँको व्यवसायलाई अष्ट्रेलियामा ल्याउन प्रोत्साहित गर्ने बताएका थिए।

अष्ट्रेलियाका प्रधानमन्त्रीको यस्तो घोषणालाई चीनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप ठहर गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.