|

काठमाडौं :  प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी समूहका एक सदस्यलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। सभामुखको सवारी हुँदा स्कटिङमा खटिने सुरक्षाकर्मीमा संक्रमण देखिएको हो।

प्रहरी प्रधान कार्यालयमा संक्रमण परेका प्रहरीको कन्ट्याक्ट ट्रेसिङका क्रममा परीक्षणमा परेका ती सुरक्षाकर्मीको शुक्रबार पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताइएको छ।

सुरक्षाकर्मीको एकजना सदस्यमा संक्रमण देखिएपछि सभामुख सापकोटा,उनका परिवारका सदस्य र उनीसँग जोडिएका सबैखाले कर्मचारीको परीक्षण गरिएको छ।

 स्रोतका अनुसार ती सुरक्षाकर्मी साउन ६ गतेयता सभामुखको स्कटिङमा नआएर हेटक्वार्टरमा बसिरहेको बताइए पनि हाल सभामुखको निवासका केही कर्मचारीको परीक्षणको लागि स्वाब संकलन गरिएको छ। त्यसको रिपोर्ट आजै बेलुकीसम्ममा आउने बताइएको छ।

यो साता ह्वात्तै बढ्यो कोरोना

यो साता काठमाडौँमा कोरोना संक्रमित हुनेको संख्या ह्वात्तै बढेको छ। प्रहरी प्रधान कार्यालयमा मात्रै तीन दर्जन प्रहरीमा संक्रमण देखिएको बताइएको छ। परीक्षणको रिपोर्ट नआउँदासम्म सभामुख सापकोटासहित अन्य सदस्यहरु होम आइसोलेसनमा रहने बताइएको छ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म काठमाडौंमा ४२३ जना, भक्तपुरमा ५७ र ललितपुरमा ९७ जनामा कोरोना संक्रमण देखिएको छ । यसरी देखिएका  अधिकांश संक्रमित पटिल्लो समय उपत्यका बाहिरबाट आएकाहरु रहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.