|

सिन्धुली : वन फडानीबारे छानबिन गर्न आएका सांसद प्रदीप यादवमा कोरोना संक्रमण पुष्टि भएपछि सिन्धुलीस्थित डिभिजन वन कार्यालय शील गरिएको छ। कार्यालयबाट प्रवाह हुँदै आएका सबै सेवाहरू समेत रोकिएको छ।

वैज्ञानिक वन छानबिन अनुगमन उपसमितिका संयोजक एवं संघीय सांसद प्रदीप यादव वैज्ञानिक वनको अवस्था बुझ्न केही समयअघि सिन्धुली पुगेको थिए। नारायणी अस्पताल वीरगन्जमा शुक्रबार स्वाब परीक्षण गर्दा सांसद यादवमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

उपसमिति संयोजक यादवसहित आएको टोलीले गत बुधबार सिन्धुलीस्थित वन कार्यालय, उपभोक्ता समितिका पदाधिकारीहरू, कार्यालय प्रमुख र सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको थियो।

शनिबारदेखि लागू हुनेगरी कार्यालयबाट उपलब्ध हुने सबै किसिमका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको डिभिजन वन कार्यालयले सूचना जारी गरेको छ। ‘अन्तरक्रिया कार्यक्रममा आएका सांसद यादव, कार्यालय प्रमुख तथा अन्य सरोकारवालाहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेकाले सेवाग्राही तथा अन्य महानुभावहरुलाई संक्रमण हुने सम्भावना भएकाले सेवा बन्द गरिएको छ’ सूचनामा उल्लेख छ।

अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेहरुको 'कन्ट्याक्ट ट्रेसिङ' गर्ने काम भएको र पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न अनुरोध गरिएको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख नारायणकुमार श्रेष्ठले बताए।

उपसमिति संयोजकको टोलीका चालकलगायत अन्यमा समेत कोरोना संक्रमण पुष्टि भएपछि सिन्धुलीमा समेत प्रत्यक्ष सम्पर्कमा रहेकाहरूमा संक्रमण आशंका गरिएको छ। समुदायमा संक्रमण फैलन नदिन कन्ट्याक्ट ट्रेसिङ थालिएको कार्यालय प्रमुख श्रेष्ठले बताए।

डिभिजन वन कार्यालयले जारी गरेको सूचना :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.