मध्यपूर्व राष्ट्र इराकमा तापक्रम बढदै गएको छ। गर्मी बढदै गएपछि त्यहाँको जनजीवनमा असर परेको छ। अहिले त्यहाँ ५१ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेको छ।
राजधानी बग्दाद मा केही दिनयता निरन्तर ५१ देखि ५२ डिग्री सेल्सियससम्म तापक्रम पुगेको थियो। त्यहाँको तापक्रम मंगलबार र बुधबार लगातार ५२ डिग्री सम्म पुगेको थियो।
अहिले मानिसहरु आफैँलाई चिसो बनाउनको लागि घरभित्र बन्द कोठामा बस्न थालेका छन्। सडकको नजिकै रहेका धारामा पनि भिज्ने गरेका छन्।
इराक पहिलेदेखि कठिन अवस्थामा गुज्रिरहेको थियो। अहिले बढेको गर्मीले अर्थव्यवस्थामा झन भयाबह हुने अवस्थामा पुगेको छ। बग्दादको केही क्षेत्रमा बिजुलीमा लोड परेको छ। पंखा र एसी चलाउनको लागि जेनेरेटरको चलाउनु पर्ने बाध्यता छ।
त्यहाँको नागरिकले सरकार र प्रशासनको विरोध गरेका छन्। कोरोना महामारीले इराकको कच्चा तेलमा परेको असरले अर्थव्यवस्थामा ठूलो असर परेको छ। हालसम्म १ लाख १८ हजार मानिस कोरोना संक्रमित छन्। ४ हजार ६ सय ३ संक्रमितको मृत्यु भइसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।