|

कैलाली : पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २ सय ८९ स्वाब परीक्षण गरिएको थियो। जसमा कैलालीका ३० र बझाङका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

२४ घण्टाको अवधिमा संक्रमण पुष्टि भएकाहरूमा १० महिला र १७ पुरुष गरी गोदावरीका २७ जना, १ महिला र २ पुरुष गरी भजनीका ३ जना, बझाङको मष्टा १ महिला र १ पुरुष गरी २ जना, छबिस पाथिभेराका २ पुरुष र १ महीला गरी ३ जना, दुर्गाथलीका २ महिला र १ पुरुष गरी ३ जना, थलाराका ५ पुरुष र ५ महिला गरी १० जनामा, जयपृथ्वी नगरपालिकाका ५ पुरुषमा संक्रमण पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.