|

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पशुपति क्षेत्रको अतिक्रमण स्वीकार्न नसकिने बताएका छन्।  पशुपति क्षेत्र विकास कोषले गुरु योजना बनाएपछि केही दिनदेखि यता स्थानीयले विरोध गर्दै आएका छन्। गुरु योजनामा पशुपति क्षेत्रको जग्गा अतिक्रमण गरी बस्ती बनाएकोले त्यस क्षेत्रमा नयाँ संरचना निर्माण गर्ने गरी गुरु योजना सार्वजनिक गरिएको छ। 

उनले ट्वीट गर्दै भनेका छन,' व्यक्तिगत र व्यापारिक स्वार्थले पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई स्वीकार गरिने छैन।' पशुपति क्षेत्रको ऐतिहासिक,सांस्कृतिक तथा पुरातात्त्विक पक्षको संरक्षण गरिने उनले बताए। स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने उनले उल्लेख गरे। उनले सरकारले सबैसँग सल्लाह गरेर सहमति बनाउने जनाएका छन्।

 

 

 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.