|

काठमाडौं : श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल कार्यकक्षमै कुटिएका छन्। उपसचिव सञ्जेलमाथि शनिबार बिहान ११ बजेतिर कार्यकक्षमै कुटिएका हुन्। 

कुटपिटमा संलग्नको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो।

कुटपिटबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। कार्यकक्षमै कुटिएका सञ्जेलको अनुहारमा चोटपटक लागेको बुझिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.