|

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा कार्यरत दुईजना स्वास्थ्यकर्मी डोटीस्थित सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्। शिखर नगरपालिका–१० गगनानस्थित सेती नदीमा नुहाउने क्रमममा नदीले बगाएर उनीहरू बेपत्ता भएका हुन्। प्रहरीका अनुसार अस्पतालका चार स्वास्थ्यकर्मीहरू शनिबार शैलेश्वरी दर्शन गर्न गएको र फर्किने समयमा सेतीमा नुहाउँदा तीन जनालाई बगाएको थियो।

डडेल्धुराको परशुराम नगरपालिका घर भएका हरि जोशी बझाङ स्थायी घर भएका विनय सिंह बेपत्‍ता भएका छन् भने एकजनाको उद्धार गरिएको छ। नुहाउने क्रममा हरि, विनय र खगेन्द्र बगेका थिए। उनीसँगै भएको प्रेमबहादुर ठगुन्नाले खगेन्द्रको उद्धार गरेको र अन्य बेपत्ता दुई जनाको प्रहरी टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए।

चारैजना डडेल्धुरा अस्पतालका कर्मचारी रहेको र अस्पतालको एम्बुलेन्स घटनास्थलतर्फ गएको अस्पतालको निमित्त मेसु डा जगदीशचन्द्र विष्टले जानकारी दिए।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.