|

बर्दिया : शिक्षक सरुवामा विभेद गरेको आरोप लगाउँदै नेपाल शिक्षक संघ ठाकुरबाबा नगर समितिले नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा आइतबारदेखि तालाबन्दी गरेको छ। शिक्षकहरुको सरुवासम्बन्धी नियम खारेजीको माग गर्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्।
         

नगर शिक्षा समितिले शिक्षक दरबन्दी मिलानको बहानामा मनोमानी ढंगले आफूखुसी शिक्षक सरुवा गर्ने निर्णय गरेकाले तालाबन्दी गरिएको नेपाल शिक्षक महासंघ नगर कार्यसमितिका अध्यक्ष किरुलाल चौधरीले बताए। 

नगर शिक्षा समितिले शिक्षा ऐन, २०२८, शिक्षा नियमावली, २०५९ तथा शिक्षक दरबन्दी मिलान कार्यविधि, २०७६ र नगरपालिकाले बनाएको नगर शिक्षा ऐन, २०७५ तथा शिक्षक व्यवस्थापन कार्यविधि, २०७५ का सम्पूर्ण प्रावधान समेतलाई पन्छाउँदै राजनीतिक आस्था र जातीयताका आधारमा शिक्षक सरुवा गर्ने निर्णय गरेको नेपाल शिक्षक संघ ठाकुरबाबा नगर समितिले आरोप लगाएको छ। 

सरुवाको निर्णय फिर्ता तथा र अन्य माग पूरा नहुञ्जेलसम्म नगरको शिक्षा शाखामा तालाबन्दी कायम उक्त कमिटीले जनाएको छ। निर्णय फिर्ता नहुुँदासम्म शिक्षकहरु विद्यालय जाँदा हातमा कालोपट्टी बाधेर घाँटीमा ‘विभेदपूर्ण शिक्षक सरुवा खारेज गर’ नारा लेखिएको प्ले कार्ड झुण्डाएर जाने निर्णय गरेको छ। माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम अघि बढाइने शिक्षक संघले जनाएको छ।

उता नगर शिक्षा समितीका केही सदस्यको असहमति भए पनि बहुमतसाथ नगर शिक्षा समितिको बैठकबाट मावि तहका १० जना, आधारभुत तहका ११ जना र प्रावि तहका २० जना गरी ४१ शिक्षकको शुक्रबार दिउँसो नगर शिक्षा नगरप्रमुख घननारायण श्रेष्ठले बताएका छन्। 

शिक्षा ऐन २०७५ अनुसार शिक्षकहरुको सरुवा समायोजन गरेको बताउँदै शिक्षा क्षेत्रको समग्र विकासका लागि ऐनअनुसार नगर शिक्षा समितिले निर्णय गरेको उनले बताएका छन्।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.