|

बलिउड नायक सुशान्त सिंह राजपुतले आत्महत्या गरेको करिब २ महिना बिते पनि आत्महत्याको कारण भने पत्ता लाग्न सकेको छैन। उनको आत्महत्यापछि अनुसन्धान जारी छ।

पछिल्लो क्रममा प्रहरीले सुशान्तले आत्महत्यापूर्व गुगलमा तीन चीज सर्च गरेको खुलासा गरेको छ। मुम्बई पुलिस कमिश्नर परमवीर सिंहले पत्रकार सम्मेलनमा सुशान्तले गुगलमा बाइपोलर डिसअर्डर, स्तिजोफ्रेनिया, पीडारहित मृत्यु र  आफ्नो नाम खोजी गरेको बताएका छन्।

'बाइपोलर डिसअर्डर र स्तिजोफ्रेनिया आफैँमा गम्भीर मानसिक बिरामीका रूपमा चिनिन्छ। यी बिरामीले घातक कदम उठाउने गर्दछन्', कमिश्नर सिंहले भने।

कमिश्नर सिंहले सुशान्तले आत्महत्या गरेको दिन  १४  जुनमा नै उनको फ्ल्याट सिल गरिएको थियो। फोरेन्सिक टिम १५ जुनमा उक्त फ्ल्याटमा पुगेका थिए। अनुसन्धानको लागि त्यहाँ डाक्टर पनि पुगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.