|

काठमाडाैं : नेपालस्थित जापानी दूतावास अगाडि जापान जान ‘नो अब्जेक्सन’ लेटर लिनेहरुको भीड लागेको छ। बिदामा नेपाल आएका तर कोरोनाका कारण यतै रोकिएका नागरिकहरु पुनः जापान जानका लागि ‘नो अब्जेक्सन’ लेटर लिन लामो लाइन लागेका हुन्। 

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना कारण सम्पूर्ण उडानहरु बन्द भएका थिए। अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै बिदामा नेपाल आएकाहरु यतै रोकिएका थिए। जापान सरकारले अगस्ट ५ बाट जापानले नेपालीको प्रवेश खुला गरेपछि ‘नो अब्जेक्सन’ लेटर दूतावास आउनुपरेको सेवाग्राहीले बताएका छन। 

नयाँ भिसा भने अहिले खुलाएको छैन। यसअघि नै जापानमा बसेर अध्ययन गरिरहेका रोजगारी गरिरहेका र बिदामा नेपाल आएका नागरिकहरु मात्रै जान पाउनेछन्। 

दूतावासले नो अब्जेक्सन लेटर दिएपछि जापान उड्नुभन्दा ७२ घण्टा अघि कोरोना रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने छ। उपत्यकासहित देशभरि संक्रमण जोखिम बढे पनि दूतावासमा सेवा लिन आउनेले मास्क लगाउने बाहेक अन्य स्वास्थ्य सुरक्षाका उपाय भने अपनाएका देखिएको थिएन। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.