हेटौंडा : मकवानपुरका थाहा नगरपालिका ७ को खर्क स्थित लागुऔषध १२ केजी चरेस प्रहरीले बरामद गरेको छ। थाहा नगरको चित्लाङ तर्फबाट चन्द्रगिरि नगरपालिका जाँदै गरेको प्रदेश नम्बर ३-०३-००१ ह ०२५९ नम्बरको अटोमा शनिबार साँझ चरेस भेटिएपछि प्रहरीले तीन जनासहित नियन्त्रणमा लिएको हो।
चरेससहित अटोमा सवार थाहा–७ महादेव खर्क बस्ने ३० वर्षीय शुभराज घलान, थाहानगरकै छापटोल बस्ने वर्ष ३३ का नारायणसिं मुक्तान र थाहा नगरकै फेदीगाँउ देउराली बस्ने ४७ वर्षीय अटो चालक कृष्णबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।