|

लमजुङ : लमजुङमा तुइनबाट खसेर एक महिला बेपत्ता भएकी छन्।

जिल्लाको दोर्दी गाउँपालिका वडा नं. ६ कर्तिबेसीँमा रहेको तुइनवाट खसेर एक महिला बेपत्ता भएको र एक जना घाइते भएको लमजुङ प्रहरीले जनाएको छ। सोमबार विहान करिब १० बजे पूजा गर्नका लागि वडा नं. ७ मा रहेको शिला मन्दिर जाने क्रममा तुइनबाट दोर्दीखोला तर्दै गर्दा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओम प्रकाश पुनले बताए।

बेपत्ता हुनेमा दोर्दी गाउँपालिका वडा नं. ६ सिमी गाउँकी ३२ वर्षीय फुलमाया गुरुङ रहेको पुनको भनाइ छ। घाइते भएका वडा नं. ६ कीर्तिपुरका विकास घलेको स्थानीय स्वास्थ्य चौकीमा उपचार पश्चात घर फर्किएका छन्। 

स्थानीयका अनुसार तुइन भएको ठाउँबाट झोलुङ्गे पुल एक घण्टा पैदल दुरीमा पर्छ। जसले गर्दा स्थानिय तुइनबाटै आवतजावत गर्दै आएका छन्। 

तुइन हटाएर  दोर्दी ६ मा झोलुङ्गे पुल  निमार्ण गर्न गण्डकी प्रदेश सरकारले गत वर्ष ५८ लाख बजेट निकासा गरेता पनि कोरोना महामारीका कारण पुल निमार्ण गर्न नसकिएको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए। बेपत्ताको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.