प्रतिपक्ष दलका नेता पनि सहभागी

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुलेसँगै कोरोना संक्रमितहरुको संख्या तीव्र रुपमा बढ्दै गएपछि जनस्वास्थ्य विज्ञहरुसँग छलफल सुरु गरेका छन्। 

पुनः लकडाउन गर्ने वा अन्य कुनै उपायहरु अपनाएर कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्ने भन्नेबारे प्रधानमन्त्री ओलीले विज्ञहरुसँग छलफल सुरु गरेका हुन्। 

विज्ञहरुको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए। 

सरकारले नेपालमा चैत ११ गतेदेखि लकडाउन गरेको थियो। तर, सर्वसाधारणलाई समस्या परेको भन्दै साउन ६ गतेदेखि लकडाउन खुला गरेको थियो। केही दिनयता समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि पुनः लकडाउन गर्ने वा जोरबिजोर प्रणाली अपनाउने भन्ने विषयमा सरकारीस्तरमा छलफल समेत सुरु भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.