|

कपिलवस्तु : श्वास प्रश्वासमा समस्या देखिएका कपिलवस्तु नगरपालिका-१ तौलिहवाका २२ वर्षीय मासु व्यापारीमा कोरोना सङ्क्रमण देखिएको छ।

निमोनिया लागेको शङ्का लागेपछि उनी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागी गएका थिए। स्वाब फेर्न गाह्रो भएपछि पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो। हाल आइसीयुमा राखेर उनको उपचार भइरहेको छ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाका अनुसार ती व्यापारी तौलिहवाबाट अन्यत्र कतै गएका थिएनन्। तर, संक्रमण पुष्टि भएकाले अब उनको सम्पर्कमा आएका व्यक्तिहरूको खोजबिन हुने र बुधबार स्वाब संकलन तथा परीक्षण गरिनेछ। 

कपिलवस्तुमा लकडाउन खुलेपछि केही समुदायमा कोरोना संक्रमित भेटिएका छन्‌। यसअघि शिवराज नगरपालिका १३ जना र तौलिहवाका एकजना व्यापारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। हालसम्म जिल्लाका कोरोना सङ्क्रमितको सङ्ख्या ८०१ पुगेको छ। ५३ सङ्क्रमित अझै उपचाररत छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.